कविता : आँशु
आँशुमा रमाउनेहरूको लागि
आँशु छैन भने के दिन सकिन्छ ?
सबै आँशु रित्याउँदा पनि
तृप्त हुन नसक्ने प्रवृत्तिलाई
जगैदेखि उखालिदिने सहयोगी पाखुरा भइदिए
सायद आँशु रमाउँथ्यो होला रू
तर, खै ती हातहरू पनि
पक्षघात भएजस्तो आभास भएको छ
ती कतै निस्क्रिय अवस्थामा रहेका हुन सक्छन्
ती कतै सुसुप्त अवस्थामा हुन सक्छन्
त्यसैले अहिले यहाँ
नयाँ हात खोजिको जरुरत छ
हो, अब ती हातहरूले
पुराना खील पल्टिएका
दुःख दिने घाउहरूलाई
जरैदेखि उखाल्नु परेको छ
हो, त्यसैले मलाई
नयाँ हातहरूको धोको छ ।
ती आँशु पिउने बचेराहरू पनि
सिक्न थाल्नेछन् पिउन व्यथाहरू
पिउने लत भएकाहरुले
यसरी नै सिकाएका हुन्छन्
आँशुमा पल्किएकाले
अरुलाई पनि पल्काउने गर्छन्
तर ती आफ्नै बेहोशीमा
हराउँदै–हराउँदै
पर क्षितिजबाट आफँै हराउने छन् ।
from Online Khabar https://ift.tt/3hJkz0k
Comments
Post a Comment