पीएम कप महिला क्रिकेट : सरस्वती चौधरीको कप्तानीमा प्रदेश २ को टोली घोषणा
९ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश २ को टोली घोषणा भएको छ । राष्ट्रिय टिमका खेलाडी सरस्वती चौधरीको कप्तानीमा बुधबार प्रदेश नम्बर २ क्रिकेट संघले टोली घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले यही पुस ११ देखि दाङको लमहीमा पिएम कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।
प्रदेश २ को टिमको उपकप्तानमा शोभा आले छिन् । टिमको प्रशिक्षक सुनिल साह तथा व्यवस्थापक अनिल शर्मा रहेका छन् ।
प्रतियोगितामा प्रदेश नम्बर २ समूह ए मा छ । यस समूहमा विभागीय टोली एपीएफ, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।
यस्तै समूह बी मा सुदूरपश्चिम, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश छन् ।
प्रतियोगिताको लागि यसअघि नै प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले टोली घोषणा गरिसकेका छन् ।
प्रदेश २ को टोली
सरस्वती चौधरी (कप्तान), शोभा आले (उपकप्तान), उर्मिला चौधरी, सन्तोषी चौधरी, आरती चौधरी, कविता गौतम, अनुराधा चौधरी, बिमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, साना प्रविन , नितु चौधरी, चाँदनी अधिकारी
वैक्लपिक खेलाडीहरु : दुर्गा कार्की, मानसि चौवान, प्रतिमा साह, रचना अर्याल
प्रशिक्षक : सुनिल साह
व्यवस्थापक : अनिल शर्मा
from Online Khabar https://ift.tt/3rmSrFr
Comments
Post a Comment