कांग्रेसको प्रदर्शनमा सहभागी हुन प्रकाशमानको अपील
१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि, विधान मिचेर प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।
नेपाली कांग्रेसले यही माघ १३ गते सोमबार देशभर विरोध प्रदर्शन गर्दै छ ।
संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको भन्दै उनले म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, विधान मिचेर मनखुशी प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
‘त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरेको सरकारले अझ मन्त्रीमण्डल पुनर्गठन गरेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधान मिच्दै गरिएको संसद विघटन असंवैधानिक छ ।’
Online Khabar
https://ift.tt/3rpPOTv
Comments
Post a Comment