पीएम कप क्रिकेट : रुबिनाको कप्तानीमा प्रदेश १ को महिला टिम घोषणा

८ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा भएको छ । राष्ट्रिय टिमको कप्तान रुबिना क्षेत्रीको कप्तानीमा मंगलबार प्रादेशिक क्रिकेट संघ,  प्रदेश  नम्बर १ क्रिकेट संघले टोली घोषणा गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले यही पुस ११ देखि दाङको लमहीमा पिएम कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

प्रदेश १ को टोलीमा काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई जस्ता राष्ट्रिय टिमका क्रिकेटरहरु रहेका छन् । यस्तै टिमको अन्य खेलाडीमा ज्योती दनवर निगिमा तामाङ शिना शाह लकिता राजवंशी एलिशा खडिया स्मृति कटवाल संगम तामाङ र जमुना कार्की छन् ।

लाक्पा लामाको मुख्य छनवट कर्ता रहेको छनोट समितिले टोली छनोट गरेको हो । छनोट समितिमा राजकुमार प्रधान र टिकाराम पुरी रहेका छन् ।

यो पनि पढ्नुहोस पीएम कप महिला क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

टोलीका अन्य खेलाडीमा पायल मगर टिका शाह सलिना तामाङ अंशु जैसवाल र भिमा कुँवर छन् ।

प्रतियोगितामा प्रदेश नम्बर १ समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

प्रदेश  १ को टोली

रुबिना क्षेत्री

काजोल श्रेष्ठ

अप्सरी बेगम

रोमा थापा

सबनम राई

ज्योति दनुवार

निगीमा तामांग

निशा शाह

लकिता राजबंशी

अलिशा खड्का

स्मृति कटवाल

संगम तामांग

जमुना कार्की

पायल मगर

टिका शाह

सलिना तामाङ

अंशु जैसवाल

भिमा  कुँवर ।



from Online Khabar https://ift.tt/3axCyGp

Comments

Popular posts from this blog

Woman electrocuted