धनकुटामा ओलीको पुत्ला दहन

६ पुस, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले आइतबार साँझ ओलीको पुत्ला दहन गरेको हो ।

त्यसअघि नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले संयुक्त रुपमा मसाल जुलुस निकाल्दै ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

धनकुटा नगरपालिका वडा नंं. ६ भिमनारायणचोकबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यहीँ प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको हो ।

कोणसभालाई नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष नविन किशोर शाक्य, जिल्ला सदस्य निर्मल ओझा, नेविसंघ धनकुटा क्याम्पस इकाइ सभापति करुणा कट्वाल, एनसीआईसी इन्जिनियरिङ्ग क्याम्पस काठमाडौंका सभापति सरोज थापा, नेविसंघ जिल्ला उपाध्यक्ष विमर्श अमात्य, तरुण दल क्षेत्रिय उपाध्यक्ष तिलक महत, धनकुटा क्याम्पस इकाइ समिति सदस्य क्रान्तिराज पौडेल लगायतले सम्बोधन गरेका थिए ।



from Online Khabar https://ift.tt/2WAhBT4

Comments

Popular posts from this blog