२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिँदै
१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।
यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ ।
बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
Online Khabar
https://ift.tt/3ppvdg8
Comments
Post a Comment