फुटबलर विक्रम र विमलको उपचार कतारमा हुने
काठमाडौं । राष्ट्रिय टिमका दुई फुटबल खेलाडी विक्रम लामा र विमल घर्ती मगरको उपचार कतारमा हुने भएको छ । दुवै खेलाडी चोटका कारण अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा छैनन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडीको चोटको प्रकृति हेरेर कतारमा उपचार गरिने आइतबार जनाएको छ ।
कतार फुटबल एसोसिएसनसँग भर्खरै भएको सम्झौता अनुसार दुवै खेलाडीको उपचार कतारको एस्पटरमा हुनेछ । एप्सटर अर्थोपेडिक र स्पोर्टस् मेडिसिनको लागि विशेष हस्पिटल हो ।
लामाको खुट्टामा चोट फेरि बल्जिएपछि फलो अफको रुपमा उपचार हुन लागेको हो । थ्री स्टारबाट खेल्ने क्रममा उनलाई २०१८ मा चोट लागेको थियो र चोटबाट निको हुँदै पुनरागमन समेत गरेका थिए ।
यस्तै विमललाई भने राष्ट्रिय टिको क्लोज क्याम्पमा प्रशिक्षणका बेला चोट लागेको हो । डिसेम्बर १८ मा उनको घुँडामा गम्भीर खालको चोट लागेको हो ।
चोट र उपचारका कारण दुवै खेलाडी लामो समय राष्ट्रिय टिमको बाहिर रहनु पर्ने भएको छ ।
Online Khabar
https://ift.tt/3nVbB34
Comments
Post a Comment