डिजेल ट्यांकरसँग ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु
७ पुस, काठमाडौं । उत्तर प्रदेशको आगरामा आज बिहान करिब ५ बजे कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनापछि डिजेल बोकेको ट्यांकरको ट्यांकी फुटेर आगलागी हुँदा कारमा सवार पाँच जनाको जलेर मृत्यु भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा एक बच्चा, एक महिला र तीन युवक छन् । उनीहरु उन्नाव निवासी रहेको बताइएको छ ।
दुर्घटनाप्रति उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारहरुलाई हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
from Online Khabar https://ift.tt/3mDlXDd
Comments
Post a Comment