बी डिभिजन लिग फागुन ११ देखि गर्ने तयारी
९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिगलाई फागुन दोस्रो सातादेखि फेरि सुरु गर्ने तयारी गरेको छ ।
कोरोनाका कारण रोकिएको बी डिभिजन लिग फेब्रुअरी २३ अर्थात फागुन ११ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीले गर्दा मार्च १८ देखि बी डिभिजन लिग रोकिएको थियो ।
बुधबार एन्फाले बी डिभिजन लिगका प्रतिनिधिहरुसँग छलफल गर्दै लिग फेरि सुरु गर्ने तयारी गरेको हो । जसमा क्लबहरु सकारात्मक रहेको एन्फाले जनाएको छ । लिगको बेला स्वास्थ्यको विशेष सावधानी अपनाइने एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले लिग सुरु गर्दा अपनाउने सावधानीका बारेमा क्लवका पदाधिकारीलाई जवाफ दिएका थिए ।
छलफलमा फिफा र एएफसीको गाइडलाइन्स र स्वास्थ्य तथा ट्रेनिङ प्रोटोकलको बारेमा समेत चर्चा भएको थियो । लिगका खेलहरु हुँदा फिफा र एएफसीको गाइडलाइन अनुसार नै स्वास्थ्य सावधानी अपनाइने छ ।
from Online Khabar https://ift.tt/3pivnpA
Comments
Post a Comment