सुनसान छ सौराहा, दशैं लक्षित तयारीमा जुटे व्यवसायी
१५ साउन, चितवन । चार महिनादेखि बन्द रहेका सौराहाका होटल तथा रेष्टुराँहरु बिहीबारबाट खुलेका छन् । बिहीबार पहिलो दिन सौराहा सुनसान थियो । तत्कालै पर्यटकीय गतिविधि बढ्छ भन्ने आश नगरेका व्यवसायीहरुले दशैं लक्षित तयारी जारी राखेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको बताए । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीलाई छैन । अधिकांश होटल व्यवसायीहरु अहिले सरसफाइमा जुटेका छन् । चार महिनासम्म बन्द, बर्खाका कारण लागेको लेउ, बढेका बोटबिरुवा तथा फूलको गोडमेल तथा मर्मतका काममा व्यवसायी जुट्न थालेका छन् । केही व्यवसायीहरुले घरबिदामा पठाएका कार्मचारीलाई बोलाएर होटलको सरसफाइमा खटाएका छन् । होटल खुलेपछि व्यवसायीहरु केही आशावादी देखिएका छन् । तत्कालै पर्यटक आउने सम्भावना निकै कम भए पनि ‘सौराहा खुल्यो’ भन्ने सन्देश महत्वपूर्ण भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् । उनले भने, ‘तत्कालै चल...