चीनमा खानेकुरा नष्ट नगर्न र खाद्य सुरक्षाको कुरा किन गरिदैछ ?
चीनका राष्ट्रपति सि जिनपिङले यही महिना ‘क्लीन योर प्लेट क्याम्पेन’को नयाँ संस्करण सार्वजनिक गरे र मान्छेहरुलाई खानेकुरा नष्ट नगर्नका लागि आग्रह गरे । यसका साथै उनले कम खर्च गर्न पनि प्रोत्साहित गरे । चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चि जिनपिङले खानेकुरा नष्ट गर्नुलाई ‘दुखदायी र निरासजनक’ बताउँदै यस मुद्दामा जागरुकता फैलाउनुपर्ने बताए । उनले भनेका छन्, यस्तो सामाजिक वातावरण तयार गरौं कि जसमा खानेकुरा नष्ट गर्नुलाई लाजको विषय मानियोस् । चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जिनपिङलाई उद्गृत गर्दै भनेको छ, ‘अहिलेसम्म चीनले पर्याप्त उत्पादन गर्दै आएको छ तर अहिलेपनि खाद्य सुरक्षाको लागि जागरुकता फैलाउन जरुरी छ । कोभिड–१९ हाम्रा लागि अलार्म जस्तै हो ।’ सरकारी सञ्चार माध्यामले राष्ट्रपति जिनपिङको कुरालाई तुरुन्तै अनुसरण गर्दैै विभिन्न मञ्च मार्फत खानेकुरा बर्बाद नगर्नका लागि सर्वसाधरणलाई प्रोत्साहित गरिहेका छन् । यसका लागि सरकारी मिडियाले तथ्यांक पनि बताइरहेका छन् । उक्त तथ्यांक अनुसार चीनका उपभोक्ताले सन् २०१५ मा ठूला शहरहरुमा १७ देखि १८ टनसम्म खाना बर्बाद गरेका थिए । ची...