Posts

Municipal solid waste management: Discourage Plastic Use

Kathmandu, June 29 Even as they struggle to contain the COVID-19 pandemic, countries today are staring at another crisis—of biomedical and plastic waste. Single-use plastics used to make personal protective equipment, face masks, shoe covers and goggles for doctors and healthcare workers are contributing to a huge, increase in medical waste , creating environmental hazards and increasing the risks to waste workers. This is in addition to the waste management challenges that cities are already grappling with, especially of plastic waste. Plastic waste can take hundreds of years to decompose. Meanwhile, they choke waterways and leach harmful chemicals into the soil and water, affecting terrestrial and aquatic life, ecosystems and human health. Studies suggest that micro-plastics in the human body could alter chromosomes , leading to infertility, obesity and cancer. Improperly disposed waste ends up blocking urban drainage systems and causes waterlogging and flooding. A study from Bhar...

डानीको दुई गोलमा साउथह्याम्पटनको सहज जित

१५ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार राति भएको एक मात्र खेलमा साउथह्याम्टन विजयी भएको छ । डानी इङ्गसले दुई गोल गरेपछि साउथह्याम्पटनले वाटफोर्डलाई ३-१ ले पराजित गरेको हो । वाटफोर्डको मैदानमा भएको खेलको १६औं मिनेटमा इङ्ग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा इङ्ग्सले गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा साउथह्याम्पटनका जान जेडनरेकले आत्मघाती गोल गरेपछि वाटफोर्डले गोलअन्तर कम पार्ने अवसर पाएको थियो । तर ८२औं मिनेटमा जेम्स वार्ड प्रोवसले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि साउथह्याम्पटन ३-१ ले विजयी भएको हो । जितपछि ३२ खेलबाट ४० अंक जोड्दै साउथह्याम्टन अंक तालिकामा १३औं स्थानमा उक्लेको छ । ३२ खेलबाट २८ अंक रहेको वाटफोर्ड १६औं स्थानमै यथावत छ र रेलिगेसन जोनबाट एक अंकले मात्र सुरक्षित छ । from Online Khabar https://ift.tt/2CQpTQ1

चेल्सी एफए कपको सेमिफाइनलमा

१५ असार, काठमाडौं । रोस बार्कलेले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा लेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा आइतवार भएको खेलमा चेल्सीले कठिन जित हात पारेको हो । चेल्सीका लागि बार्कलेले खेलको ६३औं मिनेटमा गोल गरेका थिए । एफएकपको सेमिफाइनल पुग्ने चेल्सी दोस्रो लण्डन क्लब हो । आइतवारै अर्को लण्डन क्लब आर्सनलले शेफिल्ड युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थन बनाएको थियो । यस्तै म्यानचेष्टर युनाइटेड पनि सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल पुग्नका लागि अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र न्यूकासल युनाइटेडबीच आइतवारै खेल हुँदैछ । from Online Khabar https://ift.tt/3g9YIhc

आज दहि च्युरा खाने दिन, राष्ट्रिय धान दिवस पनि मनाइँदै

१५ असार, काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताउँछन् । from Online Khabar https://ift.tt/31u1x8T

How the world celebrated 50 years of Pride - despite the pandemic

Most LGBT Pride events were cancelled or moved online because of coronavirus, but not all. from BBC News - World https://ift.tt/3gbHMap

सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

१४ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९ं)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिग्रिएको मेसिन मर्मतका लागि आइतबारबाट पहल थालिने भएको छ । ‘शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरौँ तर हार्डवेयरमै समस्या देखियो’, डा. तिवारीले भने, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लायर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’ हार्डवेरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ छ । मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा रहेका केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ । कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला ...

रेल धकेल्नेदेखि कुकुरको खाना चाख्नेसम्मः विश्वका केही अनौठा जागिरहरु

संसारमा मानिसहरुले आफ्नो योग्यता, क्षमता तथा रुची अनुसार विभिन्न खाले जागिर गर्दछन् । कस्तो जागिर गर्ने भन्ने कुरा कतिपयको लागि रोजाई हुन्छ भने कतिपयका लागि बाध्यता पनि हुने गर्दछ । यो संसारमा केही त्यस्ता जागिरहरु पनि छन् जसका बारेमा सुन्दा अनौठो लाग्दछः · फिनल्याण्डमा रहेको एउटा होटलले रातभर सुत्नका लागि समेत एकजना कर्मचारी भर्ना गरेको छ । रातमा जागै रहेर काम गर्नका लागि कर्मचारी भर्ना गर्नु त नौलो भएन तर सुत्नकै लागि किन कर्मचारी राख्यो होला ? वास्तवमा यसको कारण गहिरो छ । होटलमा रातमा सुत्ने जागिर खाएका ती कर्मचारीले गर्ने जागिरलाई होटल टेस्टर भनिन्छ । उक्त कर्मचारी हरेक रात होटलका फरक फरक कोठामा सुत्नु पर्दछ र अर्को दिन रातमा सुतेको कोठाको सुविधा तथा सन्तुष्टि कस्तो छ भन्ने बारेमा रिपोर्ट दिनुपर्दछ होटल मालिकलाई । · जापानमा एउटा यस्तो जागिर छ, जहाँ रेललाई धक्का मार्नुपर्दछ । सानोतिनो गाडीमा मान्छेले धक्का मारेर स्टार्ट गर्ने वा गुडाउने गर्नु त सामान्य हो । तर रेललाई नै धकेल्ने भनेपछि अनौठो भएन त ? तर वास्तमा ती रेल कर्मचारीले रेललाई गुडाउनका लागि धक्का दिने होइनन् । व्यस्त समयमा ...

आफ्ना विश्वभरका पसल बन्द गर्ने माइक्रोसफ्टको घोषणा

अमेरिकी कम्पनी माइक्रोसफ्टले विश्वभर रहेका आफ्ना ८३ वटा रिटेल स्टोरहरु सधैका लागि बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै अबदेखि अनलाइन स्टोरमा ध्यान केन्द्रित गर्ने जनाएको छ । यद्यपि, ठ्याक्कै कुन मितिदेखि रिटेल स्टोरहरु बन्द गर्ने भन्ने चाहीँ माइक्रोसफ्टले खुलाएको छैन तथापि अबदेखि रिटेल स्टोरहरुमा पाइने सबै सामानहरु अनलाइनबाटै उपलब्ध गराइनेछ । रिटेल स्टोर बन्द गरेसँगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई अनलाइन बिक्री तथा सहायता सम्बन्धि तालिम दिइने र ग्राहकहरुलाई अनलाइनमार्फत पहिले जस्तै सेवाको अनुभव प्रदान गरिने माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार अब केवल चारवटा मात्र स्टोर खुल्ला रहनेछन् र तिनमा समेत उसका प्रडक्टको बिक्री वितरण हुने छैन र केवल अनुभव केन्द्रको रुपमा प्रयोग गरिनेछ । विद्यमान परिवर्तित परिस्थितिमा अब डिजिटल स्टोर मा केन्द्रित हुने र लगानी समेत गर्ने माइक्रोसफ्टको भनाई छ । कम्पनीका अनुसार अहिले माइक्रोसफ्ट डट कम, एक्सबक्स तथा विन्डोज गरी विश्वका १ सय ९० देशमा १ अर्ब २० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । मानिससम्म पुगिरहेको छ । ...

भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध

१४ असार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो । अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन डोजर पठाइ पनि वर्षा नरोकिएका कारण ढुंगाहरु पन्छाउने काम हुन नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा रोकिएपछि ढुंगा हटाइने भएकाले सडक खुल्न हुन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । from Online Khabar https://ift.tt/2A8QZAL

जापानी कम्पनीले बनायो स्मार्ट मास्क, अब मास्कबाटै फोन गर्न सकिने

विश्वमा कोरोना भाइरस संक्रमणको संख्या बढि नै रहँदा मानिसहरु सामान्य जनजीवनतर्फ अभ्यस्त हुन थालिसकेका छन् । कोरोना भाइरस विरुद्धको खोप निकट भविष्यमा बन्ने सम्भावना अझैपनि नदेखिएको बेला अहिलेका लागि सबैभन्दा उत्तम विकल्प भनेको सावधानी अपनाउनु नै हो । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा उत्तम अभ्यास भनेको स्यानिटाइजर तथा मास्क लगायतको प्रयोग नै हो । यहीँ परिस्थितिलाई मध्यनजर गर्दै जापानको एउटा कम्पनीले अनुहारमा लगाउने अत्याधुनिक मास्क तयार गरेको छ । उक्त अत्याधुनिक मास्कमा ब्लुटुथ समेत जडान गरिएको छ । उक्त स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, फोनकल गर्न सकिने तथा जापानी भाषाबाट अन्य विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सकिन्छ । डोनट रोबोटिक्सले तयार गरेको सो मास्कको नाम सि मास्क राखिएको छ । सेतो प्लास्टिकबाट बनेको उक्त मास्कमा ब्लुटुथ कनेक्सन रहेको छ । ब्लुटुथबाटै सो मास्कलाई एउटा एपको सहायताले स्मार्टफोन तथा ट्याब्लेटसँग जोड्न सकिन्छ । सो एपले बोलीलाई शव्दमा समेत रुपान्तरण गर्दछ । साथै सो मास्कले व्यक्तिले बोलेको शव्दको आवाजलाई समेत ठूलो बनाइदिन्छ । उक्त मास्कलाई अर्को स...

७२ करोडमा बिक्यो संसारकै महंगो गितार

एउटा गितारको अधिकतम मूल्य कति होला ? ७२ करोड रुपैयाँमा कतिवटा गितार खरीद गर्न सकिन्छ होला ? सायद हजारौँ गितार किन्न सकिन्छ यतिधेरै पैसामा । तर यो दुनियामा एउटा यस्तो गितार छ, जसको मूल्य ७२ करोड पर्दछ । हो, हालै एउटा गितार ७२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ । सो गितार चर्चित अमेरिकी गायक तथा गितारबादक कर्ट कोबेको हो । सन् १९९४ मा कोबेनको मृत्यु भएको थियो । उनै कोबेनले बजाउने गरेको गितार करीब ६० लाख डलरमा हालै लिलाम भएको छ । मार्टिन डी–१८ इ अक्यूस्टिक मोडेलको उक्त गितारको लिलामीको सुरुवाती मूल्य नै १० लाख डलर राखिएको थियो । लिलाम बढाबढ हुँदा अन्तिममा बोली लगाउनेले ६० लाख डलरसम्म लगाए । त्यससँगै यो गितार विश्वकै सबैभन्दा महंगो गितार बनेको छ । अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पिटर फ्रिडम्यानले सो गितार खरिद गरेका हुन् । आफ्नो मृत्युभन्दा करीब पाँच महिना अगाडि अर्थात् १८ नोभेम्बर १९९३ मा एमटिभीको एक लाइभ कार्यक्रममा कर्ट कोबेनले सोही गितार बजाएर आफ्नो प्रस्तुती दिएका थिए । सो प्रस्तुतीको भिडियो अहिले पनि युट्युबमा उपलब्ध छ र ३० करोड भन्दा धेरैले हेरिसकेका छन...

PM Oli shows up to leave NCP SC meet

Image
KATHMANDU, JUNE 27 Prime Minister KP Sharma Oli, who had skipped the Standing Committee meeting of the ruling Nepal Communist Party (NCP) yesterday, showed up at the meeting venue today but only for a few minutes. A member of the Standing Committee said Oli left the meeting hall saying he was not well and needed rest. “I can understand the PM is not in the pink of health but that’s not the only reason he is avoiding the Standing Committee meeting. He does not want to hear criticism,” said Standing Committee member Lilamani Pokharel. One major issue the PM will face at the meeting is the rival faction’s demand that he quit either the post of prime minister or the party’s co-chair. On Thursday, both cochairs Oli and Dahal took potshots at each other. Oli said party leaders were acting like opposition leaders while Dahal said he regretted letting go his chance to become the prime minister for two-and-a-half years. Dahal also said party leaders should be ready to make sacrifices. St...

Bayern demolish Wolfsburg 4-0 to end season on high

Image
Bayern  make it 25 games without defeat in all competitions Bavarians miss equalling all-time goal record by one goal BERLIN:  Bayern  Munich , already crowned Bundesliga champions last week, lifted the league trophy in an empty stadium on Saturday after crushing hosts VfL Wolfsburg 4-0 on the final matchday. The Bavarians, who have matched a club record of 25 matches in all competitions without defeat and are unbeaten in the Bundesliga in 2020, went ahead in the fourth minute with Kingsley Coman netting from Thomas Mueller’s 21st assist, a league record. Mickael Cuisance then rifled in from 25 metres for a sensational goal in the 37th and the 20-year-old Frenchman earned a penalty, which resulted in Joshua Guilavogui being sent off with a second booking. Bundesliga top scorer Robert Lewandowski converted it for his 34th goal of the season. The Polish striker earned his fifth Bundesliga top scorer award and his third in a row. Mueller then made it 4-0 in the 79th...

कर्णालीका २१४ सङ्क्रमित निको भए

१४ असार, सुर्खेत । कर्णाली प्रदेशका २१४ जना काेराेना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक/एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा.तिवारीले बताए। उनका अनुसार शनिबार २१४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५...

तनहुँमा मन्दिरबाट शंख चोरी

१४ असार, तनहुँ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए । मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल पनि चोरी भएको अध्यक्ष रानाभाटले बताए । स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइएको व्यास–१४ का वडाध्यक्ष काजीराम श्रेष्ठले बताए । तोकिएको समयअवधिमा अनावश्यक हिँडडुल गरेमा कानूनअनुसार कारवाही गरिने निर्णय भएको उनले जानकारी दिए । रातको समयमा मन्दिरमा पसेर चोरी गर्ने व्यक्तिको ख...

लाजियोको पुनरागमन जित

१४ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको लाजियोले फियोरेन्टिनामाथि पुनरागमन जित हात पारेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लाजियोले फियोरेन्टिनालाई २-१ ले पराजित गरेको हो । भेट्रान फ्रांक रिवेरीले २५औं मिनेमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको लाजियोले दोस्रो हाफमा दुई गोल फर्कायो । ६७औं मिनेटमा सिरो इम्मोबाइकलले पेनाल्टीमार्फत लाजियोको लागि बराबरी गोल फर्काए । ८३औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई जित दिलाए । अन्तियम लमयमा फियोरेन्टिनाका डुसना भ्लाहोभिक रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । जितपछि लाजियोले शीर्ष स्थानको युभेन्ट्ससँग अंक दूरी ४ मा झारेको छ । २८ खेलबाट ६९ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा आसिन छ भने लाजियोको ६५ अंक छ । सिरी ए कै अन्य खेलमा काग्लियारीले टोरिनोलाई ४-२ ले पराजित गरेको छ भने जेनोअ र ब्रेस्कियले २-२ को बराबरी खेलेका छन् । from Online Khabar https://ift.tt/31mMRIE

एट्लेटिको मड्रिड विजयी

१४ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेजलाई पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ ।  घरेलु मैदानमा एट्लेटिकोले अलाभेजलाई २-१ ले पराजित गरेको हो । कोरोनाभाइरस महामारीपछि फेरि सुरु भएको लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिकोले शीर्ष चारमा पर्दै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउँदै छ । अलेभज विरुद्ध पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि खेलको दोस्रो हाफमा ३ गोल भएको थियो । ५९औं मिनेटमा सउल निगेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । डिएगो कोस्टाले ७३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । अलेभजका लागि जोसेलुले इन्जुरी टाइममा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए । जितपछि ३२ खेलबाट ५८ अंक जोड्दै एट्लेटिकोले चौथो स्थानको सेभियासँग अंक दूरी बढाएको छ । समान खेलबाट सेभियाको ५४ अंक छ ।  ३२ खेलबाट ६९ अंकसहित बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ । from Online Khabar https://ift.tt/3g6FJo0

कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

Image
१४ असार, बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । सडकको डिभाइडर र विद्युतको पोलमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पत्रकारितामा आउनुअघि पाण्डे म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए । उनले बजारमा ल्याएको तीज गीत ‘भंग...

म्यानचेष्टर युनाइटेड एफए कपको सेमिफाइननलमा

१४ असार, काठमाडौं । अतिरिक्त समयमा नर्विच सिटीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको पहिलो क्वाटरफाइनमा युनाइटेडले नर्विचलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । ह्यारी मगुरेले ११८औं मिनेटमा गोल गरेपछि युनाइटेडले जित हात पारेको थियो । खेलको ५१औं मिनेटमा ओडियन ओघालोले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा टोड कान्टवेलले नर्विचका लागि बराबरी गोल फर्काए । ८९औं मिनेटमा टिम क्लोस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा झर्‍यो । निर्धारित समयको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । उक्त समयमा पनि युनाइटेडले एक खेल कम भएको नर्विच विरुद्ध गोल गर्न संघर्ष गर्नुपर्‍यो । २ मिनेट बाँकी छँदा मगुरेले निर्णायक गोल  गरेपछि युनाइटेडले सेमिफाइनलमा स्थान पक्का गरेको हो । एफए कप अन्तर्गत अरु तीन क्वाटरफाइनल खेलहरू आज हुँदैछन्, जसमा आर्सनलले शेफिल्ड युनाइटेडसँग र चेल्सीले लेस्टर सिटीसँग खेल्दै छन् । यस्तै म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडसँग खेल्नेछ । from Online Khabar htt...

गुल्मीका ६ जना कोरोना संक्रमित डिस्चार्ज

१४ असार, गुल्मी । गुल्मीका थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाका ६ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए । उनीहरु भारतबाट आएर गाउँपालिकाको बनाएको आइसोलेसनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आइसोलेसनमा बसेर डिस्चार्ज भएका हुन् । शनिवार एक कार्यक्रम आयोजना गरेर डिस्चार्ज भएकाहरुलाई फूल र कोरोनामुक्त भएको प्रमाणपत्र दिएर गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिदाई गरे । अध्यावधिक विवरण अनुसार सत्यवती गाउँपालिकाभित्र ११ जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो तथ्यांक अनुसार गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्य छ । संक्रमितमध्ये कुल ३८ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५७२ जनाको रिपोर्ट आउन बाँकीे छ । from Online Khabar https://ift.tt/3dGYBs7