Posts

UK government 'likely to miss' broadband and 5G targets

More must be done if the UK is to be future-proofed rather than playing catch-up, say MPs. UK government 'likely to miss' broadband and 5G targets

Tech trends in 2021: Fast planes and homeworking

From a potentially record-breaking electric plane, to new homeworking tech, what to watch out for in 2021. Tech trends in 2021: Fast planes and homeworking

नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरुको बैठक

६ पुस, काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् । ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ । ओली निकटका एक सांसदले भने, ‘संसद विघटन गर्नु बाध्यात्मक परिस्थिति थियो भनेर औचित्य पुष्टि गर्न हामीलाई बोलाइएको हुनसक्छ ।’ प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् । विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा छन् । प्रचण्ड–नेपाल पक्षले करिब ९० सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए । यद्यपि ओली पक्षले त्यो हस्ताक्षर संकलन गत असारमै अर्कै ...

खेल सुरु भएको ६ सेकेण्डमै गोल

६ पुस, काठमाडौं । इटालियन क्लब एसी मिलानका राफेल लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गर्दै सिरी ए मा नयाँ कीर्तिमान बनाएका छन् । आइतबार ससुलोविरुद्धको खेलमा लेएओले खेल सुरु भएको ६.२ सेकेण्डमा गोल गर्दै नयाँ कीर्तिमान बनाए । सिरी ए मा यो सबैभन्दा छिटो गोल हो । लिएओले हाकन चाल्हानोग्लुको पासमा गोल गरेका हुन् । यसअघि सिरी ए मा सबैभन्दा छिटो गोल गर्ने किर्तिमान पियासेन्जाका पाओलो फोगीको नाममा थियो । उनले सन् २००१ मा फिओरेन्टिनाविरुद्ध ८.१ सेकेन्डमा गोल गर्दै कीर्तिमान बनाएका थिए । यस सिजन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको मिलान अंक तालिकामा शीर्ष स्थानमा छ । पहिलो हाफमा मिलानले ससुलो विरुद्ध २-० को अग्रता बनाइसकेको छ । यस खेलमा विजयी भए एसी मिलानले दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी इन्टर माथि अंक दूरी बढाउनेछ । from Online Khabar https://ift.tt/3asWOsu

लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा

६ पुस, बुटवल । प्रतिनिधि सभा विघटन पछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहको असर अब प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ । तर केन्द्रमा देखिएको कलह र संभावित विभाजनपछि अब पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसदमध्ये पूर्व एमाले र माओवादीबीचको चुनावी गठवन्धनबाट ६१ जना निर्वाचित भएका थिए । तीमध्ये पूर्व एमालेबाट ४१ जना र माओवादीबाट २० जना छन् । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्व माओवादीले मात्रै साथ छोड्दा पनि सरकार अल्पमतमा पर्ने अवस्था लुम्बिनीमा छ । यद्यपि पूर्व माओवादीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका आन्तरिक मामिला तथा कानून मन्त्री कूल बहादुर केसी ‘सोनाम’ सरकारको पक्षमा उभिन सक्ने देखिएको छ । सभामुख पूर्णबहादुर घर्ती पनि बादल पक्षका हुन् तर उनको मताधिकार हुँदैन । प्रमुख विपक्षी नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद लुम...

धनकुटामा ओलीको पुत्ला दहन

६ पुस, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले आइतबार साँझ ओलीको पुत्ला दहन गरेको हो । त्यसअघि नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले संयुक्त रुपमा मसाल जुलुस निकाल्दै ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । धनकुटा नगरपालिका वडा नंं. ६ भिमनारायणचोकबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यहीँ प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको हो । कोणसभालाई नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष नविन किशोर शाक्य, जिल्ला सदस्य निर्मल ओझा, नेविसंघ धनकुटा क्याम्पस इकाइ सभापति करुणा कट्वाल, एनसीआईसी इन्जिनियरिङ्ग क्याम्पस काठमाडौंका सभापति सरोज थापा, नेविसंघ जिल्ला उपाध्यक्ष विमर्श अमात्य, तरुण दल क्षेत्रिय उपाध्यक्ष तिलक महत, धनकुटा क्याम्पस इकाइ समिति सदस्य क्रान्तिराज पौडेल लगायतले सम्बोधन गरेका थिए । from Online Khabar https://ift.tt/2WAhBT4

कविको कटाक्ष : जंगबहादुर हुनुहुँदोरहेछ तपाईं !

Image
६ पुस, काठमाडौं । आइतबार प्रधानमन्त्रीले संसद विघटन गरेलगत्तै कवि अर्जुन पराजुलीको हस्तलिखित एक छोटो कविताले सामाजिक सञ्जालमा तरंग ल्यायो । कवि पराजुलीको कवितामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन तथा अन्य कदमलाई जति घृणा गरे पनि कम हुने भाव उल्लेख थियो । दुई दशकदेखि राजनीतिक कविता लेख्दै आएका पराजुलीले लेखेका छन्– जंगबहादुर हुनुहुँदोरहेछ तपाईं जुँगा उखेल्नु भो हजुरले जुगको थुकौं भने पनि तपाईंलाई अपमान हुने भयो मेरो थुकको ! पराजुलीमात्र होइन, राजनीतिक विषयमा कविता लैख्दै आएका अधिकांश कविहरूले प्रधानमन्त्रीको कदममाथि तीव्र कटाक्ष गरेका छन् । नेकपा समर्थित प्रगतिशील साहित्यकारहरूले नै केपी शर्मा ओलीको कडा आलोचना गरिरहेका छन् । कवि विनोदविक्रम केसीले गत वर्ष लेखेको ‘शासकले अन्ततः औकात देखाउँछ’ कविता आइतबार धेरैले सामाजिक सञ्जालमा राखे । विनोदविक्रमले संसारका सबै शासकहरू भ्रष्ट कामकै कारण खतम भएको थाहा हुँदाहुँदै पनि उनीहरूले आफ्नो औकात सधैं देखाउने भावको कविता लेखेका थिए । २०५१ सालमा तत्कालीन नेकपा एमालेबाट सांसद भएका चर्चित आख्यानकार नारायण ढकाल पनि प्रधानमन्त्री ओलीको कदम...

यस्ता व्यक्तिलाई कारवाही गर्नैपर्छ : माधव नेपाल

Image
६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष वा केन्द्रीय कमिटीमा बस्न लायक नभएको भन्दै यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्नैपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको अनि अध्यादेश ल्याउँदिनँ भने झूटो बोलेको बताउँदै नेता नेपालले प्रश्न गरे, ‘वास्तवमा प्रश्न खडा हुन्छ, उहाँ पार्टी सदस्यका लागि लायक हो त ?’ पूर्वप्रधानमन्त्री एवं नेकपा नेता नेपालले कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा नेकपा नफुट्ने दाबी गरे । ओलीमाथि कारबाही भए पनि पार्टी एकता यथावतै रहने उनले बताए । उनले केपी ओलीलाई लक्षित गर्दै भने, ‘पार्टी छोडेर हिँड्नुभयो भने उहाँको कुरा भो । कुनै पनि व्यक्ति कुनै पनि पार्टी नबस्न सक्छ, त्यो कुन ठूलो कुरा भयो र ?’ आगामी मध्यावधि चुनावमा पार्टी एकढिक्का भएरै जाला त भन्ने पश्नमा उनले चुनाव नहुने बरू संसद पुनर्स्थापना हुने बताए । अनलाइनखबरसँगको विशेष कुराकानीमा नेता नेपालले भने, ‘चुनावको प्रश्नै छैन, संसदको पुनर्स्थापना हुन्छ ।’ प्रस्तुत छ नेता न...

नेपालमा संसद भंगबारे यस्तो छ भारतीय अधिकारी र मिडियाको धारणा

Image
६ पुस, काठमाडौं । संसद विघटन गर्ने र नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । भारतको संस्थापनसँग निकट मानिने अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्सले किनारामा पारिएका नेपालका प्रधानमन्त्री ओलीले विपक्षी पार्टीहरुलाई लक्षित गरेर ठूलो कदम चालेको र सो कदमले चीनलाई पनि दुखित बनाउने उल्लेख गरेको छ । सो पत्रिकाले ओलीको कदम ‘सरप्राइज’ भएको र सरकारलाई जोगाउने प्रयासलाई पनि अन्त्य गरिदिएको समेत उल्लेख गरेको छ । सो पत्रिकाले पछिल्लो समयमा नेपालका लागि चिनियाँ राजदूतले सरकार जोगाउने प्रयास गरेको उल्लेख गरेएको छ । दि प्रिन्ट अनलाइनले भने नेपालमा संसद भंग भएको बारेमा भारतको प्रतिक्रिया के हुन्छ भनी त्यहाँको उच्च अधिकारीसँग कुराकानी गरी समाचार प्रकाशित गरेको छ । नाम बताउन नचाहने एक भारतीय उच्च अधिकारीले दि प्रिन्टसँग भनेका छन्, ‘संसद भंग प्रक्रिया कुन रुपमा देखापर्छ अझै स्पष्ट छैन । यो नेपालको आन्तरिक मामिला हो । हाम्रो उद्देश्य भनेको नेपालको आन्तरिक राजनीतिबाट अलग रहने हो । यो उनीहरुको अवस्था हो र उनीहरुले नै यसलाई ड...

संसद पुनर्स्थापना हुन्छ, मध्यावधि चुनाव खारेज हुन्छ : वर्षमान पुन

६ पुस, काठमाडौं । आइतबार राजीनामा दिएर मन्त्रिनिवास पुल्चोकबाट राति नै डेरा सरिसकेका निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले अब संसदको पुनर्स्थापना हुने र मध्यावधि चुनाव खारेज हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई अब सभामुखले अघि बढाउनुपर्ने  निवर्तमान मन्त्री पुनले बताएका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै नेकपा स्थायी कमिटी सदस्य पुनले भने, ‘संसद विघटनअगाडि नै पेश गरेको प्रस्तावलाई कुनै न कुनै रूपले सभामुखले अगाडि बढाउनुपर्ने हुन्छ ।’ आफूहरूले सरकारमा रहँदा प्रधानमन्त्री ओलीलाई सच्याउने प्रयास गरेको तर सम्भव नभएकाले सातजना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएको उनले बताए । केपी ओलीको मन्त्रिमण्डलबाट बाहिरिएका नेकपाका युवा नेता पुनसँग अनलाइनखबरले संसद विघटनपछिको राजनीति कसरी अघि बढ्ला भन्ने विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ- अब मध्यावधि चुनावमा जाने नै हुनुभयो हैन त ? मध्यावधि चुनावको घोषणा अथवा संसद विघटनको घोषणा असंवैधानिक छ । अलोकतान्त्रिक पनि छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

‘प्रतिरोध गर्नैपर्छ, सडकमै निस्कनुपर्छ’

Image
६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटनको घोषणा गरेको केही घण्टामै नेपाली कांग्रेसका नेता गगन थापाले आइतबार नयाँ बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गरे । प्रधानमन्त्री ओलीको यो ‘असंवैधानिक’ कदममा राष्ट्रपति भण्डारी पनि साझेदार रहेको थापाले बताए । विघटित प्रतिनिधि सभाका सदस्यसमेत रहेका थापा राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको बताउँछन् । साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको भनिएको संवैधानिक निकायका नियुक्तिहरू पनि अंवैधानिक र गैरकानुनी भएकाले त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नगरिने कांग्रेस नेता थापा बताउँछन् । प्रस्तुत छ थापासँग अनलाइनखबरले गरेको अन्तर्वार्ताको सम्पादित अंश- प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्नुभयो । वैशाखमा मध्यावधि निर्वाचन पनि घोषणा भइसकेको छ । कांग्रेसले यसको विरोध गरे पनि सडकमा निस्किएको थिएन, यहाँ त सडकमै निस्कनुभयो नि, किन ? यो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा हामी छौं, हामीलाई गलत लागेको छ भन्ने कुरा एउटा हो । यसक...

ऐतिहासिक कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल

Image
५ पुस, काठमाडौं । गत वर्षको मंसिर पहिलो साता काठमाडौं महानगरपालिका–१ हात्तीसारमा भवन निर्माणको लागि जग खन्दा लिच्छवीकालीन ढुंगेधारा (हिटी) भेटियो । त्यो धारा पुरेर भवन बनाउन थालिएपछि स्थानीयले संघर्ष समिति नै बनाएर प्रतिरोध गरे । त्यसको थप उत्खनन् गरेका पुरातत्वविद्हरूको अनुमान थियो- यो ढुंगाधारा नै कमलपोखरीको पानीको मूल स्रोत हुन सक्छ । काठमाडौं उपत्यकाको मध्यक्षेत्रको ढुंगेधारा, इनार र ट्युबेलको भूमिगत स्रोतमध्येको एक कमलपोखरीलाई आकर्षक बनाउने प्रयास जारी छ । यो पोखरीले आधुनिक स्वरूप पाएपछि त्यस क्षेत्रको भूमिगत पानीको स्रोतमा असर पर्छ कि पर्दैन केही समयभित्रै थाहा हुनेछ । काठमाडौंका पोखरीहरूको ऐतिहासिक-प्राकृतिक महत्व बुझ्नेहरूले भने कमलपोखरीलाई आकर्षक पार्ने योजनामाथि नै प्रश्न उठाइरहेका छन् । उनीहरूका अनुसार सौन्दर्यीकरण गर्ने भन्दै थालिएको कामले कमलपोखरीको मौलिकतामा प्रहार गरेको छ। यसरी कंक्रिट संरचना तयार पारेर पोखरी बनाउँदा कमलपोखरी स्विमिङ पुल बन्ने चिन्ता अभियान्ताहरूको छ । कमलपोखरीमा अहिले डोजर चलिरहेको छ । पोखरीको ऐतिहासिकता पुष्टि नभएको कारण देखाएर विगतमा रानीपोखरीमा ...

प्रधानमन्त्रीले विघटन गरेको संसदलाई सभामुखले निरन्तरता दिन सक्छन्

२०७७ मंसिर ५ गते बिहान प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले एकाएक संसद विघटनको सिफारिस गरेको समाचारले नेपाली राजनीति र कानुनी जगतलाई तरंगित तुल्याएको छ । अधिकांश राजनीतिक नेतृत्वहरूले यसलाई लोकतन्त्रमाथिको प्रहार भनेका छन् भने संविधानविद्हरूले यसलाई असंवैधानिक भनेका छन् । हुन त संसदलाई विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार हो र यो कदम पूर्णतः समयको आवश्यकता हो भन्ने पनि एकाध भक्तहरू नभएका होइनन् । तर यहाँ लिक छोडी दुर्घटनातिर उन्मुख लोकतन्त्रलाई लिकमा ल्याउन कसले के गर्नुपर्ने हो, त्यसबारे चर्चा गर्नु अहम् ठानेको छु । २०७२ सालमा जारी वर्तमान संविधानले विगतका संसदीय व्यवस्थाले अनुभव गरेका विभिन्न राजनीतिक र संवैधानिक जटिलताको अनुभवका आधारमा यस संविधानलाई राजनीतिक अस्थिरता रोक्ने माध्यमका रूपमा पनि कतिपय व्यवस्थालाई अंगीकार गरिएको देखिन्छ । बहुदलीय व्यवस्थामा जटिल परिस्थितिको निर्माण भयो भने केही खास राजनीतिक कारण र औचित्यका आधारमा संसद विघटन गर्न पाउने प्रधानमन्त्रीको कार्यकारी अधिकार हो भन्नेमा सैद्धान्तिक विमति छैन । तर २०४७ पछि नेपालले अंगीकार गरेको संसदीय व्यवस्थामा तीनचोटि प्रध...

'Yes, people have Zoom fatigue but it's not our fault'

Zoom director Aparna Bawa says video conferencing can tire people out, but her firm isn't to blame. 'Yes, people have Zoom fatigue but it's not our fault'

नेकपा विवाद निर्णायक मोडतिर, आजको बैठकमा आउलान् ओली ?

Image
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् । प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् । शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका थिए । तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएका थिए । शनिबार दाहाललाई भने ओलीले बैठकमा आफू नआउने जवाफ दिएका थिए । अब नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल–नेपाल समूहको तयारी छ । अहिले संसद अधिवेशन नचलेका कारण अहिले नै कुनै कदम चाल्दा ओलीले त्यसको काउन्टरमा नयाँ अध्यादेश जारी गर्ने भएकाले दाहाल–नेपाल समूह संसदसम्म कुर्ने पक्षमा छन् । यो पनि पढ्नुहोस ...

सञ्चालकले काममा नआउन भनेपछि मैदा मिलमा आन्दोलन

५ पुस, हेटौंडा । मकवानपुरको हेटौंडा–८ कमानेमा रहेको मकवानपुर मैदा मिलमा कार्यरत मजदुर तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित काममा रहेका मजदुर तथा कर्मचारीलाई सन्चालकले काममा नआउनू भनेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उद्योग स्थापनाताकाबाट काम गर्दै आएका मजदुर तथा कर्मचारीले खाइपाइ आएको सुबिधा पुस १ गतेदेखि दिन नसक्ने भन्दै उद्योग सञ्चालक रमेशराज कर्णिकारले काममा नआउन भनेको उनीहरुको भनाइ छ । कर्णिकार ओशो तपोवनका अध्यक्षसमेत हुन् । उनी काठमाडौंमा बस्दै आएका छन् । उनले फोन गरेर काममा नआउन भनेपछि आफूहरु तनावमा परेको मजदुरहरुको भनाइ छ । उद्योगमा १५ वर्षदेखि काम गर्दै आएका मजदुरलाई सेवा सुविधाविनै निकाल्ने तयारी गरेको आशंका मजदुरहरुको छ । त्यसैले उनीहरुले उद्योगको उत्पादन बाहिर लैजान नदिने र बाहिरबाट सामान भित्र ल्याउन समेत नदिने चेतावनी दिएका छन् । ‘हामीले उद्योग बन्द गर्न हुँदैन भन्दै नियमित काममा आयौं, उत्पादन दियौं, अहिले एक्कासी किन नआउनू भनेको हो बुझ्न सकेनौं,’ मजदुर रमेश श्रेष्ठले भने । अर्की मजदुर धनकुमारी देवकोटाले भनिन्, ‘हामी वर्षौंदेखि काममा छौं, एक्कासी काममा नआउन...

बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला

५ पुस, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए । नौ महिनासम्म मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको थियो । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ । ठूलो शिलामा जलमाथि भगवान् शयन गरेको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । त्यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ । from Online Khabar https://ift.tt/2...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

५ पुस, कैलाली । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते छन् । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीर्ण र कच्ची सडकमा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । from Online Khabar https://ift.tt/2WylgR3

ला लिगा : बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकियो

५ पुस, काठमाडौं । लिओनल मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । लिगअन्तर्गत शनिबार भएको खेलमा दुवै टोलीले एक-एक पटक अग्रता लिए पनि अन्त्यमा खेल २-२ को बराबरीमा सकियो । घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ । १३ खेल खेल्दा बार्सिलोनाले ३ खेल बराबरी गर्दा ४ खेल हारेको छ । ६ खेलमा भने बार्सा विजयी भएको छ । क्याम्प नोउमा भएको खेलको २९औं मिनेटमा माउटार डिएखाबीले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि बार्सिलोनाले लगातार दुई गोल गर्द अग्रता बनायो । अन्त्यमा भ्यालेन्सियाले बराबरी गोल फर्कायो । पहिलो हाफको इन्जुरी समयमा लिओनल मेसीले गोल गर्दै खेल बराबरी गरे भने पेलेले राखेको एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरे । मेसीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा ६४३ गोल गरेका छन् । पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका छन् । पेलेले १९ सिजन खेल्दै उक्त कीर्तिमान बनाएका थिए । मेसीले आफ्नो १७औं सिजनमै उक्त उपलब्धी बराबरी गरे । भ्याले...

स्टर्लिङको एकमात्र गोलमा सिटी विजयी

५ पुस, काठमाडौं । रहिम स्टर्लिङको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा साउथह्याम्पटनमाथि जित हात पारेको छ । शनिवार भएको खेलमा सिटीले साउथह्याम्पटनलाई उसैको मैदानमा १-०  ले पराजित गरेको हो । सिटीका लागि स्टर्लिङले खेलको १६औं मिनेटमै गोल गरेका थिए । त्यसपछि गोल नहुँदा सिटीले ३ अंक जोड्यो । जितपछि १३ खेलबाट २३ अंक जोडेको सिटी अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ । एक खेल बढी खेलेको साउथह्याम्पटन भने २४ अंकसहित चौथो स्थानमै यथावत छ । साउथह्याम्पटन विजयी भएको भए दोस्रो स्थानमा पुग्ने थियो । from Online Khabar https://ift.tt/2LU2f9N