Posts

Showing posts from December, 2020

अग्रता जोगाउन नसक्दा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

१३ पुस, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको छ । गएराती भएको खेलमा सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा लिभरपुलले वेष्टब्रोमसँग १-१ को बराबरी खेलेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलको १२औं मिनेटमा साडियो मानेले जोएल मातिपको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ८२मिनेटसम्म लिभरपुलले अग्रता कायम राखे पनि त्यसपछि भने गोल खायो । वेस्टब्रोमका समी अजायीले म्याथ्यु परेइराको पासमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि थप गोल हुन सकेन । बराबरीपछि लिग लिडर लिभरपुलले १५ खेलबाट ३२ अंक जोडेको छ । समान खेलबाट २९ अंकसहित एभरटन दोस्रो स्थानमा छ । १५ खेलबाट ८ अंक रहेको वेष्टब्रोम भने रेलिगेसन जोनमा अर्थात १९औं स्थानमा छ । यस्तै लण्डन क्लब टोटनहम हट्सपर पनि अग्रता कायम नराख्दा वल्भ्ससंग १-१ को बराबरीमा रोकिएको छ । खेलको पहिलो मिनेटमै ताङ्गुए एनडोम्बेलेल गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर ८६औं मिनेटमा रामन साइसले वल्भ्का लागि बराबरी गोल फर्काए । बराबरीपछि १९ खेलबाट २६ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा उक्लेको छ । समा...

पीएम कप महिला क्रिकेट बागमती प्रदेशको टिम घोषणा

काठमाडौं । पुस ११ देखि दाङमा लमहीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले टिम घोषणा गरेको छ । प्रतियोगिता सुरु भएपछि बल्ल प्रादेशिक छनोट प्रतियोगिता गरेको बागमतीले आइतबार अश्मिना कर्माचार्यको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको दुई दिने छनोट प्रतियोगितापछि बागमती प्रदेशले खेलाडी छनोट गरेको हो । टिममा छनोट भएका अन्य खेलाडीमा उपकप्तान सुमन खतिवडा, कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, हलेसी गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रविना बिशङ्खे, खुसी डंगोल, विन्दु राटोल, कृष्मा गुरुङ र केनुका बस्नेत रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा एस्टर गुरुङ, सञ्जिता भटराई, एन्नी पोख्रेल र निकिता एमडा रहेकी छिन् । समूह बी मा रहेको बागमती प्रदेशले आफ्नो पहिलो खेल मंगलवार प्रदेश १ सँग खेल्नेछ । शनिबारदेखि सुरु पिएम कप महिला क्रिकेटमा समूह ए का चार खेल भइसकेका छन् । लगातार दुघ खेल जित्दै समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश समूहको एक खे...

काठमाडौंमा कहाँ-कहाँ हुँदैछ कांग्रेसको विरोध प्रदर्शन ?

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले अनलाइनखबरसँग भने, ‘काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नु हुन्छ ।’ अध्यक्ष बानियाँका अनुसार काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन – निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार । कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उप...

क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीको उत्कृष्ट खेलाडी

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे । दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् । ‘धन्यवाद सबैलाई जसले मलाई भोट गर्नुभयो । धन्यवाद मेरो परिवार मेरो आमा र दिदीहरु,’ रोनाल्डोले भने, ‘यो एउटा असाधारण उपलब्धि हो । यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।’ ‘सर्वश्रेष्ठ नाम पाउनु ठूलो सम्मान हो, म आशा गर्छु कि अहिलेको अवस्था अर्को वर्ष सकिनेछ र हामी रमाइलो गर्न सक्दछौं, धेरै धेरै धन्यवाद । म अझै पनि अझ धेरै वर्ष खेल्न सक्षम हुने आशा गर्दछु ।’ यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड ...

केश फूलेपछि ड्रागन फ्रुट फलाउने हुटहुटी

Image
१३ पुस, चितवन । भरतपुर महानगरपालिका-७ कृष्णपुरका शम्भु सुवेदी (५९) ले चितवन भ्याली मोडल अस्पताल तथा चितवन एकेडेमीका प्रवन्ध निर्देशक बनेर काम गरे । दारी र कपाल फूलेरै सेतै भइसकेको बेला सुवेदीलाई एकाएक कृषि कर्म गर्ने जाँगर चल्यो । उनलाई ड्रागन फ्रुट फलाउने हुटहुटी भयो । त्यसैले अस्पतालको काम अरुलाई नै जिम्मा लगाएर अहिले उनी कृषि कर्ममा डटेका छन् । झट्ट हेर्दा आकर्षक पनि छ सुवेदीको सत्सेवेदा साइन्स एण्ड एग्रिकल्चर फर्म । उनले गत साउन महिनामा रोपेका ५ हजार ड्रागनका बिरुवा अहिले पोल उक्लिन थालेका छन् । एक हेक्टर जग्गामा चार जातका ड्रागनका विरुवा रोपेको सुवेदीले बताए । तीमध्ये तीनवटा रातो र एउटा सेतो प्रजातिका छन् । ड्रागन फ्रुटको बीचमा अन्तरबाली सुवेदीले ड्रागन खेती लगाएको ठाउँको खाली जमिनको उपयोग अन्तरबाली लगाएर गरेका छन् । ड्रागन फ्रुटको बीचमा तोरी फूलेर पहेँलै भएको छ । आलु, प्याज, लसुन, मटरकोसा पनि लगाएका छन् । एक बोटबाट अर्को बोटको दूरी दुई मिटर र एक प्लटबाट अर्को प्लटको दूरी तीन मिटर छ । यहीँ खाली रहने जमिनमा गज्जबसँग अन्तरबाली लगाएर फाइदा लिन सकिने सुवेदीले बताए । ‘यो त मैले पर...

संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

१३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । Online Khabar https://ift.tt/38Isojs

एमसीसी : प्रसारण लाइनको ईआईए स्वीकृतिका लागि वन मन्त्रालयमा

१३ पुस, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले नेपाललाई प्रदान गर्ने पाँच सय मिलियन बराबरको सहयोग संसदबाट कहिले अनुमोदन हुन्छ कुनै टुंगो छैन तर एमसीसी परियोजनासँग सम्बन्धित कामहरु भने रोकिएका छैनन् । केन्द्रदेखि स्थानीय स्तरसम्म विभिन्न तहमा काम भइरहेका छन् । सो परियोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवदन तयारको काम यही हप्ता सकिएको छ । अर्थ मन्त्रालय र एमसिए-नेपालले सो ईआईए प्रतिवेदनलाई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा प्रस्तुत गरेका छन् । वन मन्त्रालयले अध्ययनपछि सो प्रतिवेदनलाई स्वीकृति दिनेछ र प्रसारण लाइन निर्माणको काम अझ अगाडि बढ्नेछ । सार्वजनिक बहसका लागि वन मन्त्रालयले सो प्रतिवेदन सार्वजनिकसमेत गरिसकेको छ । यो प्रसारण लाइन भारतको सीमादेखि उत्तरतर्फ तराईमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको नयाँ बुटवल सब-स्टेशन हुँदै उत्तरपूर्वको चुरे पहाड पार गरेर तनहुँ जिल्लाको नयाँ दमौली सब-स्टेशन एवं पूर्वी भाग हुँदै नुवाकोट जिल्लास्थित रातमाटे सबस्टेशनसम्म विस्तारित गर्ने योजना छ । रातमाटेबाट यस...

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनमोर्चाले सरकारलाई समर्थन गर्ने भएपछि गुरुङ नेतृत्वको सरकार यथावत रहने सम्भावना देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट गण्डकीमा २७ जना सांसद छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना सांसद हुनेछन् । ६० सदस्यीय गण्डकी प्रदेशमा १२ जना प्रचण्ड पक्षका र १ जना माधव नेपाल पक्षका सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद संख्या चाहिन्छ । तर, जनमोर्चाको साथ पाएपछि ओली समूह नै बलियो देखिएको छ । जनमोर्चाका नेता कृष्ण थापाले भने, ‘संसद विघटन गर्ने प्रधानमन्...

फुटबलर विक्रम र विमलको उपचार कतारमा हुने

काठमाडौं । राष्ट्रिय टिमका दुई फुटबल खेलाडी विक्रम लामा र विमल घर्ती मगरको उपचार कतारमा हुने भएको छ । दुवै खेलाडी चोटका कारण अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडीको चोटको प्रकृति हेरेर कतारमा उपचार गरिने आइतबार जनाएको छ । कतार फुटबल एसोसिएसनसँग भर्खरै भएको सम्झौता अनुसार दुवै खेलाडीको उपचार कतारको एस्पटरमा हुनेछ । एप्सटर अर्थोपेडिक र स्पोर्टस् मेडिसिनको लागि विशेष हस्पिटल हो । लामाको खुट्टामा चोट फेरि बल्जिएपछि फलो अफको रुपमा उपचार हुन लागेको हो । थ्री स्टारबाट खेल्ने क्रममा उनलाई २०१८ मा चोट लागेको थियो र चोटबाट निको हुँदै पुनरागमन समेत गरेका थिए । यस्तै विमललाई भने राष्ट्रिय टिको क्लोज क्याम्पमा प्रशिक्षणका बेला चोट लागेको हो । डिसेम्बर १८ मा उनको घुँडामा गम्भीर खालको चोट लागेको हो । चोट र उपचारका कारण दुवै खेलाडी लामो समय राष्ट्रिय टिमको बाहिर रहनु पर्ने भएको छ । Online Khabar https://ift.tt/3nVbB34

बुढानीलकण्ठ स्कुलले पायो डिजिटल एजुकेसन आइसिटी अवार्ड

१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा थिए । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा गरेको मूल्याङ्कनका आधारमा बुढानीलकण्ठ स्कूललाई डिजिटल एजुकेसन आइसिटी अवार्ड प्रदान गर्ने निर्णय गरेका थिए । शनिबार सोल्टी होटल क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड वितरण गरियो । पुरस्कृत भएपछि बुढानीलकण्ठ स्कुलका पि्रन्सिपल होमनाथ आचार्यले यो अवार्डले स्कुल परिवारलाई थप हौसला मिलेको र जिम्मेवारीवोध भएको बताए । कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वै...

२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिँदै

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । Online Khabar https://ift.tt/3ppvdg8

विश्वले कहिले पाउँछ चीनको कोरोना खोप ?

Image
१३ पुस, काठमाडौं । धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् । यस अगाडि नै धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा भने पर्याप्त मात्रामा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ । यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ । तर, यतिबेलाको यक्ष प्रश्न हो- के चिनियाँ खोपले साँच्चै काम गर्छ ? यसको अर्थ चिनियाँ खोपले कामै गर्दैन भन्ने पक्कै होइन । चीनमा निर्माण भएको खोप यस अगाडि नै त्यहा्रका धेरै मानिसले लगाइसकेका छन् । तर यस अगाडि चीनमा निर्माण भएको खोपको सम्बन्धमा पारदर्शिता सम्बन्धी केही प्रश्न उठेका छन् । अहिले पनि चिनियाँ खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, चीनले आफ्नो मुलुकमा १० लाखभन्दा धेरै मानिसलाई कोरोना खोप दिइसकिएको दाबी गरेको छ । यसले चिनियाँ खोपमाथिको आशंका अझै बढाउन सहयोग गरेको छ । विश्वका सम्पन्न मुलुकहरुले यसअघि नै नौ अर्ब डोज खोप किनिसकेका छन् । जबकी पश्चिमा खोप निर्माताहरुले १२ अर्ब डोज खोप उत्पादन गर्न सक्ने अपे...

आयात घटे पनि आयल निगमले एक वर्षमा कमायो १२ अर्ब ८७ करोड

१३ पुस, काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैया्र खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । आर्थिक वर्ष ७६/७७ मा दुई खर्ब ५ अर्ब रुपैया्र बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो । पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोलियम आयात हु्रदा ढुवानी खर्च घट्नु, अघिल्ला वर्षको नाफाबाट भएको ब्याज आम्दानी र निगममा आन्तरिक सुधारको काम हु्रदा नाफा बढेको पौडेलले बताए । लेखा परिक्षण विवरणअनुसार पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा मात्रै १० महिनामा निगमलाई एक अर्ब ४७ करोड रुपैया्र नाफा भएको छ । यस्तै ब्याज आम्दानीबाट एक अर्ब ७७ करोड रुपैया्र आम्दानी भएको निगमको लेखा परीक्षण रिपोर्टमा उल्लेख छ । यस अवधिमा निगमले सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजश्व बुझाएको जनाएको छ । सडक मर्मत शुल्कको रुपमा उपभोक्त...

सन् २०२८ भित्रै चीनले अमेरिकालाई उछिन्ने

१२ पुस, काठमाडौं । चीनले सन् २०२८ भित्र अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले दाबी गरेको छ । नयाँ अध्ययनले यसअघि भविष्यवाणी गरिएको भन्दा पाँच वर्ष पहिला नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्चले सो उल्लेख गरेको हो । अध्ययनका अनुसार सापेक्षित रुपमा चीनले कोभिड-१९ को राम्रो व्यवस्थापन गरेका कारण उसको अर्थतन्त्र युरोपियत र अमेरिकाभन्दा तीव्र गतिमा विकास हुनेछ । अध्ययनमा सन् २०३० भित्र भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्नेसमेत उल्लेख छ । सो रिपोर्ट हिजो सार्वजनिक गरिएको हो । अन्य मुलुकको तुलनामा सन् २०२० मा चिनियाँ अर्थतन्त्रमा कोभिडको असर कम भएको छ । Online Khabar https://ift.tt/3mT4A1m

कोभिड-१९ को कारणले निर्वाचन खर्च झनै बढ्ने

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च बढ्ने आयोगले प्रक्षेपण गरेको हो । निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचन लागि आवश्यक बजेट तयार पार्नको लागि गृहकार्य अगाडि बढाएको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक अन्य सामग्रीहरु बजार मूल्य पनि बढेको र कोभिड-१९ कारण थप स्वास्थ्य सामाग्रीहरु बढने भएकाले बजेटको आकार बढ्ने छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइखबरसँग भने,’कोभिडका कारण सामाजिक दुरी कायम गरेर निर्वाचन गर्नुपर्ने र मतदान केन्द्रमा स्वास्थ्य सामग्रीहरु पनि खरिद गर्नुपर्ने भएकाले त्यो अतिरिक्त खर्च हुनेछ ।’ तीन वर्ष अगाडि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदा सात अर्ब ७५ कोरो ९५ लाख रुपयाँ खर्च भएको थियो । Online Khabar https://ift.tt/2JqFz02

कांग्रेसको प्रदर्शनमा सहभागी हुन प्रकाशमानको अपील

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि, विधान मिचेर प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । नेपाली कांग्रेसले यही माघ १३ गते सोमबार देशभर विरोध प्रदर्शन गर्दै छ । संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको भन्दै उनले म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, विधान मिचेर मनखुशी प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । ‘त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरेको सरकारले अझ मन्त्रीमण्डल पुनर्गठन गरेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधान मिच्दै गरिएको संसद विघटन असंवैधानिक छ ।’   Online Khabar https://ift.tt/3rpPOTv

एभरटन दोस्रो स्थानमा उक्लियो

१२ पुस, काठमाडौं । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै एभरटन प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । गिल्फ सिगुरसनको एकमात्र गोल मद्दतमा एभरटनले शेफिल्डलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो । एभरटनलाई ३ अंक दिलाउन ८०औं मिनेटमा सिगुरसनले अबदाउले डेकेरोको पसामा निर्णायक गोल गरे । जितपछि १५ खेलबाट २९ अंक जोड्दै एभरटन दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २८ अंक रहेको लेस्टर सिटी तेस्रोमा झरेको छ । १४ खेलबाट २७ अंक जोडेको म्यानचेष्टर युनाइटेड चौथो स्थानमा छ । १५ खेलसम्म जितविहिन रहेको शेफिल्ड भने जम्मा २ अंकसहित अंकतालिकाको पुछारमा अर्थात २०औं स्थानमा छ । यस्तै न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी पाँचौ स्थानमा उक्लेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको १४औं मिनेटमा इकाए गुन्डागोनले गोल गरर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा फेरान टोरेसले सिटीको दोस्रो गोल गरेका थिए । सिटीले १४ खेलबाट २६ अंक जोडेको छ । १४ खेलबाट १८ अंक रहेको न्यूकासल १२औं स्थानमा छ । यसैगरी १० खेलाडीमा रहेर पनि क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको एस्टनभिल्ला...

संसद विघटनविरुद्धको प्रदर्शन भव्य र शान्तिपूर्ण बनाउन तरुण दलको निर्देशन

१० पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल तरुण दलले आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् । ‘नेपाल कम्युनिष्ट पार्टीको के.पी. ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यही २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न÷गराउन निर्देशन गरिन्छ,’ अध्यक्ष बस्नेतले भनेका छन् । साथै २०७७ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भए...

स्कार्पियोले ठक्कर दिँदा बालकको मृत्यु

https://ift.tt/eA8V8J १० पुस, डोटी । स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ । शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो । डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । स्कार्पियो र त्यसका चालक महादेव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । from Online Khabar https://ift.tt/3aHlQ7t

नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणले गति लियो

https://ift.tt/eA8V8J १० पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । पुल र नक्साङ्कनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने उनले जानकारी दिइन् । दोस्रो प्याकेजको ...

किन समस्यामा छ एक्स्ट्राजेनेकाको कोरोना खोप ?

https://ift.tt/eA8V8J १० पुस, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुमतिको पर्खाइमा छ । यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको छ । यो खोप विकासको क्रममा भएको परीक्षणको त्रुटिको कारण विवाद देखिएको हो । गत जुन ५ मा तेस्रो चरणको क्लिनिकल परीक्षण चल्दै गर्दा अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले गुपचुपरुपमा कोरोना खोपको परीक्षणमा परिवर्तन गरे । उनीहरुको परीक्षणबारे हालै सार्वजनिक भएको एक कागजातमा शोधकर्ताहरुले परीक्षणमा सहभागी हुने स्वयंसेवकहरुमा नयाँ समूह थप गर्ने निर्णय गरेका छन् । ठूलो समूहमा गरिएको यो परीक्षणमा कुनै एक समूह थप्नुलाई सामान्यरुपमा हेरिएको हुन सक्छ । तर, उनीहरुले खोप लिने मानिसको समूह थप गरिएको विषयलाई गुपचुप राख्नुले भने यो विषय ठूलो बन्न पुग्यो । त्यतिमात्रै होइन, यो खोपको परीक्षणको क्रममा बेलायतमा धेरै मानिसहरुलाई खोपको आधा डोज मात्र दिइएको थियो । नयाँ स्वयंसेवकहरुलाई भने सही डोज दिइनेछ र परीक्षण निरन्तर अघि बढाइएको छ । अहिले धेरैले अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको कोरोना खोपलाई पर्खिरहेका छन...

कोरोना कहरमा पनि बैंकले घटाए निस्कृय कर्जा, कुन बैंकको कति ?

https://ift.tt/eA8V8J १० पुस, काठमाडौं । कोरोना भाइरसको महामारी रोक्न सरकारले ११ चैतदेखि गरेको लकडाउनले अर्थतन्त्रलाई निकै नराम्रो असर गर्यो । जसको प्रत्यक्ष प्रभाव बैंकहरुमा देखियो । बैंकहरुले कर्जा लगानी गर्न नसकेर महिनौं पैसा थुपारेर बस्नु पर्यो । कुनै बेला लगानीयोग्य रकम (तरलता) अभाव भएर केन्द्रीय बैंकसँग आश गर्नु पर्ने बैंकहरुले लकडाउन पछि केन्द्रीय बैंकले तरलता खिचिदेओस् भनेर आश गर्नुपर्यो । जसको परिणामस्वरुप केन्द्रीय बैंकले एक प्रतिशतभन्दा तल औसत ब्याजदरमा अर्बौं तरलता खिचेर राखेको छ । बैंकहरुमा नयाँ ऋण नजाने मात्रै होइन ऋण लिएकाहरु पनि समस्यामा थिए । व्यापार व्यवसायहरु चल्न नसकेका कारण बैंकहरुको खराब कर्जा निकै ठूलो मात्रामा देखिने अपेक्षा गरिएको थियो । तर पछिल्लो तथ्यांक हेर्ने हो भने बढ्छ भनिएको बैंकहरुको निस्कृय कर्जा घटेको छ । बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल ऋणीहरुले तिर्नु पर्ने किस्ता नियमित जस्तो नै तिरिरहेको बताउँछन् । तर अहिले निस्कृय कर्जा कम देखिनुको कारण भने राष्ट्र बैंकले दिएको सहुलियत नै भएको उनी बताउँछन् । सबैभन्दा कम निस्कृय कर्जा एभरेष्ट बैंकको देखिए...

संसद विघटनविरुद्धका रिट आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Image
https://ift.tt/3aH8rwg १० पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् । सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ । प्रधानन्यायाधीश जबराले भने सो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन गत बुधबार आदेश दिएका थिए । रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग राखेका थिए । संसद विघटन असंवैधानिक भएको जिकीरसहित रिट दायर गर्नेहरुमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, लोकेन...

सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता

Image
https://ift.tt/3j4CDlH १० पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा करारमा राखिएका एक जना सुन जाँचकीको नयाँ आर्थिक वर्षमा म्याद थप भएन । साउनपछि नयाँ कर्मचारी नियुक्त गरिए । उनले साँवाब्याज नतिरिएका पुराना फाइलका धितो जाँच गर्न थाले । त्यसक्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह भएको देखियो । त्यसपछि यो विषय बैंकको केन्द्रीय कार्यालय हुँदै नेपाल राष्ट्र बैंकसम्म पुग्यो । बैंकबाट समस्या समाधान हुन नसक्ने देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी पर्यो र अनुसन्धानका क्रममा अनियमितता पुष्टि भएपछि ६ जना पक्राउ परेका छन् । अझै केही फरार छन् । हालसम्म पक्राउ परेकामा बैंकका तीन जना शाखा प्रबन्धकसहित ऋणी छन् । ‘अन्य केही व्यक्तिको खोजी जारी राखेका छौं’, ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापा भन्छन् । १२ हजार ५ सय ग्राम कम सुन अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुन जाँचकीले हेर्दा धितोमा ५ हजार ग्राम सुन मात्र रहेको पाइएको थियो । साढे ७ करोड ऋण प्रवाहका लागि कम्तिमा १७ हजार ५ सय ५७ ग्राम सुन ढुकुटीमा हुनुपर्ने थियो । ‘यति ठूलो अन्तर ...

आज गीता जयन्ती मनाइँदै

https://ift.tt/eA8V8J १० पुस, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२८ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौं अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । ‘त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जु...

आज क्रिसमस डे मनाइँदै

Image
https://ift.tt/2Kr0pwU १० पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देशमा यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्ट...

लागुऔषधसहित दुई जना पक्राउ

९ पुस, काठमाडौं । झापा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब साढे ५ बजे भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दीपक राई र पछाडि सवार सोही ठाउँका ३५ वर्षीय शेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाइट्रोजन, फेनारगन, डाइजेपाम लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको र बिहीबार झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसान्धनको प्रकृया अगाडि बढाइने प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । from Online Khabar https://ift.tt/3aEgt9d

पीएम कप महिला क्रिकेट : सरस्वती चौधरीको कप्तानीमा प्रदेश २ को टोली घोषणा

९ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश २ को टोली घोषणा भएको छ । राष्ट्रिय टिमका खेलाडी सरस्वती चौधरीको कप्तानीमा बुधबार प्रदेश नम्बर २ क्रिकेट संघले टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यही पुस ११ देखि दाङको लमहीमा पिएम कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । प्रदेश २ को टिमको उपकप्तानमा शोभा आले छिन् । टिमको प्रशिक्षक सुनिल साह तथा व्यवस्थापक अनिल शर्मा रहेका छन् । प्रतियोगितामा प्रदेश नम्बर २ समूह ए मा छ । यस समूहमा विभागीय टोली एपीएफ, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यस्तै समूह बी मा सुदूरपश्चिम, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश छन् । प्रतियोगिताको लागि यसअघि नै प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले टोली घोषणा गरिसकेका छन् । प्रदेश २ को टोली सरस्वती चौधरी (कप्तान), शोभा आले (उपकप्तान), उर्मिला चौधरी, सन्तोषी चौधरी, आरती चौधरी, कविता गौतम, अनुराधा चौधरी, बिमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, साना प्रविन , नितु चौधरी, चाँदनी अधिकारी वैक्लपिक खेलाडीहरु : दुर्गा कार्की, मानसि चौवान, प्र...

बी डिभिजन लिग फागुन ११ देखि गर्ने तयारी

९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिगलाई फागुन दोस्रो सातादेखि फेरि सुरु गर्ने तयारी गरेको छ । कोरोनाका कारण रोकिएको बी डिभिजन लिग फेब्रुअरी २३ अर्थात फागुन ११ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीले गर्दा मार्च १८ देखि बी डिभिजन लिग रोकिएको थियो । बुधबार एन्फाले बी डिभिजन लिगका प्रतिनिधिहरुसँग छलफल गर्दै लिग फेरि सुरु गर्ने तयारी गरेको हो । जसमा क्लबहरु सकारात्मक रहेको एन्फाले जनाएको छ ।  लिगको बेला स्वास्थ्यको विशेष सावधानी अपनाइने एन्फाले जनाएको छ । एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले लिग सुरु गर्दा अपनाउने सावधानीका बारेमा क्लवका पदाधिकारीलाई जवाफ दिएका थिए । छलफलमा फिफा र एएफसीको गाइडलाइन्स र स्वास्थ्य तथा ट्रेनिङ प्रोटोकलको बारेमा समेत चर्चा भएको थियो । लिगका खेलहरु हुँदा फिफा र एएफसीको गाइडलाइन अनुसार नै  स्वास्थ्य सावधानी अपनाइने छ । from Online Khabar https://ift.tt/3pivnpA

काठमाडौं महानगर : ४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड

Image
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ । महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित बन्न पुगको छ । बरु काठमाडौं महानगरपालिकाले आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि राम्रो काम गर्न सकेको छैन । महानगरपालिकाले चार महिनाको अवधिमा जम्मा १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । यो रकम कुल विनियोजनको ९.८६ प्रतिशत मात्रै हो । यो वर्षका लागि काठमाडौं महानगरपालिकाले १४ अर्ब २६ करोडको बजेट ल्याएको थियो । पहिलो चार महिनाको अवधिमा प्रशासनिक र कार्यालय सञ्चालनतर्फ ६२ करोड ३२ लाख खर्च भएको छ । यो चालु आर्थिक वर्षको लागि प्रशासनिक र कार्यालय सञ्चालन खर्चमा विनियोजित कुल बजेटको ३३.४४ प्रतिशत हो । यो वर्ष महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १ अर्ब ८६ करोड रुपैयाँ ३७ लाख विनियोजन गरेको छ । यही अवधिमा पूर्वाधार विकासको खर्च भने ज्यादै न्युन छ ।...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद धरापमा

८ पुस, हेटौंडा । बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बस्न सकेको छैन । प्रदेशसभा सुरु हुनेबित्तिकै नेकपा विवादको बाछिटा पर्ने डरले मुख्यमन्त्री डोरमणि पौडेल संसद आह्वानको सिफारिस गर्न हच्किएका छन् । बागमती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्री पौडेललाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डर छ । किनभने ओली निकट पौडेल अल्पमतमा छन् । यससँगै प्रदेश सरकारको अंक गणित सुरु भइसकेको छ । बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् । प्रचण्ड–माधव नेपाल पक्षका सांसदले साथ नदिने अवस्थामा मुख्यमन्त्री पौडेलले कांग्रेस र अन्य साना दलको साथ लिनुपर्छ । तर अहिलेसम्मको स्थितिमा पौडेललाई ओली निकट सांसदबाहेक अरुको समर्थन छैन । यसको अर्थ स्पष्ट छ– बागमती प्रदेशका मुख्यमन्त्री पौडेल आफ्नै संसदीय दलभित्र अल्पमतमा छन् । ओली निकट मानिन...

आम्दानी १ प्रतिशत पनि बढेन, मूल्यवृद्धि ४ प्रतिशतभन्दा बढी

७ पुस, काठमाडौं । कोरोनाको महामारीपछि श्रमिकहरुको आम्दानीको वृद्धिमा ठूलो प्रभाव देखिएको छ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुको तलब तथा ज्यालादरको सूचकाङ्क यो वर्ष गत वर्षको भन्दा निकै कमजोर देखिएको हो । गत कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ०.८५ प्रतिशतले मात्रै बढ्यो । अर्थात् श्रमिक वर्गको तलब औसतमा एक प्रतिशत पनि बढेन । अघिल्लो वर्षको कात्तिकमा उक्त सूचकाङ्क १०.४६ प्रतिशतले बढेको थियो । कात्तिकमा ज्यालादर सूचकाङ्क पनि १.१० प्रतिशतले मात्रै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ज्यालादर सूचकांकले निजी क्षेत्र अन्तरगत कृषि औद्योगिक र निर्माण लगायतका क्षत्रेमा कार्यरत श्रमिकको ज्यालाको वृद्धिदरलाई जनाउँछ । तलब तथा ज्यालादर सूचकाङ्कले तलब तथा ज्यालादरको सामान्य मूल्य स्तरलाई मापन गर्छ । राष्ट्र बैंकले २०६१/६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ । ६ वटा क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत अधिकृत र गैर-अधिकृत कर्मचारीहरूको तलब विवरणका आधारमा तलव उप-सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण संकलन ग...

निर्वाचन आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन

८ पुस, काठमाडौं । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको जानकारी दिए । उनले अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा समावेश गरिने बताए । यसअघि निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदाधिकारीहरुको नामावली पनि संकलन गरेको थियो । from Online Khabar https://ift.tt/3pfh19u

सुर्खेतमा कोरोना संक्रमित पुरूषको मृत्यु

८ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–७, निवासी ७५ वर्षीय पुरूषको मृत्यु भएको हो । उनको बुधबार विहान ३ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार श्वासप्रश्वास सम्बन्धी बिरामी रहेका उनलाई सास फेर्न गाह्रो भएपछि पुस १ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनमा सोही दिन नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले बताए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २३ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए । from Online Khab...

मेसीले तोडे पेलेको कीर्तिमान

८ पुस, काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । ३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए । जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ । ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसका लागि १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए । मेसीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । क्याम्प नोउमा मेसीले १० पटक ला लिगा उपाधि जितिसकेका छन् भने चार च्याम्पियन्स लिग उपाधिसमेत जितेका छन् । from Online Khabar https://ift.tt/2JcZboa

गण्डकीबाट १०९ जना थपिए ओली समूहको केन्द्रीय सदस्य (सूचीसहित)

८ पुस, पोखरा । पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए । अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने चर्चा र चासोसमेत थपिएको छ । लमजुङका जमिन्द्रमान घले ओली समूहकै केन्द्रीय सदस्य बनेका छन् । उनी पहिले माधवकुमार नेपाल समूहका नेताका रुपमा चिनिन्थे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार भएको छुट्टाछुट्टै भेलाले विभाजनको स्पष्ट चित्रमात्रै कोरेन, तल्लो तहसम्म कित्ताकाट समेत गरेको छ । जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् नेकपाका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेपछि तल्लो तहसम्म पार्टी फुटिसकेको सन्देश पुगेको छ । निर्वाचन आयोगमा अहिले...

पीएम कप क्रिकेट : रुबिनाको कप्तानीमा प्रदेश १ को महिला टिम घोषणा

Image
८ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा भएको छ । राष्ट्रिय टिमको कप्तान रुबिना क्षेत्रीको कप्तानीमा मंगलबार प्रादेशिक क्रिकेट संघ,  प्रदेश  नम्बर १ क्रिकेट संघले टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यही पुस ११ देखि दाङको लमहीमा पिएम कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । प्रदेश १ को टोलीमा काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई जस्ता राष्ट्रिय टिमका क्रिकेटरहरु रहेका छन् । यस्तै टिमको अन्य खेलाडीमा ज्योती दनवर निगिमा तामाङ शिना शाह लकिता राजवंशी एलिशा खडिया स्मृति कटवाल संगम तामाङ र जमुना कार्की छन् । लाक्पा लामाको मुख्य छनवट कर्ता रहेको छनोट समितिले टोली छनोट गरेको हो । छनोट समितिमा राजकुमार प्रधान र टिकाराम पुरी रहेका छन् । यो पनि पढ्नुहोस पीएम कप महिला क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा टोलीका अन्य खेलाडीमा पायल मगर टिका शाह सलिना तामाङ अंशु जैसवाल र भिमा कुँवर छन् । प्रतियोगितामा प्रदेश नम्बर १ समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा बागमती प्रदे...

कोरोना बीमाको भुक्तानी पाउने १४ हजार नाघे, प्रक्रिया सहज भएको हो ?

८ पुस, काठमाडौं । कोरोना बीमा वापतको रकम लिने संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । बीमा समितिका अध्यक्ष राजुरमण पौडेलका अनुसार सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा छन् । ३ हजार १११ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्वीकृत हुने प्रक्रियामा छ । बिमक संघका अनुसार, ती फाइल आउनासाथ थप १ हजार ५५० जनाको फाइल ईडीसीडी पठाउने तयारी छ । बीमा कम्पनीहरुले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् । श्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउन पर्दैन । तुलनात्मक हिसाबले भुक्तानी दर बढेपनि भुक्तानी नपाउनेको संख्या ठूलो छ । आवश्यक सबै कागजात बुझाएर पनि भुक्तानी नपाउनेको संख्या १२ हजार ४१३ छ ७४ जनाले दावी भुक्तानी नपाउने कोरोना बीमा रकमका लागि दावी पेश गरेका ७४ जनाले भने रकम नपाउने भएका छन् । बिमक संघका अनुसार, कसैको दोहोरो दाबी परेको र ...

प्रचण्ड–ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

Image
७ पुस, काठमाडौं । औपचारिक रुपमा विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । यो पनि पढ्नुहोस नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित) प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ । ओली पक्षको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए पनि झण्डै एक घण्टा ढिलो गरी सुरु भएको छ । प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ । प्रचण्ड पक्षका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले ओलीलाई कारबाही गर्ने निर्णय यसअघि नै स्थायी कमिटीको बैठकबाट भइसकेकाले त्यो निर्णयलाई आजको केन्द्री...

चेल्सी शानदार जितसहित पाँचौ स्थानमा उक्लियो

७ पुस, काठमाडौं । प्रिमियर लिगको पछिल्ला दुई खेलमा पराजित भएको चेल्सीले गएराति भएको खेलमा वेष्टहम युनाइटेडमाथि शानदार जित हात पारेको छ । टमी अब्राहमले दुई गोल गरेपछि चेल्सीले वेष्टब्रोमलाई ३-० ले पराजित गरेको हो । जितपछि लण्डन क्लब चेल्सी पाँचौ स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा १०औं मिनेटमा थियागो शिल्भाले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीका लागि दोस्रो हाफमा अब्राहमले दुई मिनेट मन्तरमा दुई गोल गरे । उनले ७८औं र ८०औं मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरे । जितपछि चेल्सीले १४ खेलबाट २५ अंक जोड्दै अर्को लण्डन क्लब टोटनहमलाई गोलअन्तरमा पछि पारेको छ । वेष्टहम १४ खेलबाट २१ अंकसहित १०औं स्थानमा छ । from Online Khabar https://ift.tt/38pOyHg

डिजेल ट्यांकरसँग ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु

७ पुस, काठमाडौं । उत्तर प्रदेशको आगरामा आज बिहान करिब ५ बजे कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनापछि डिजेल बोकेको ट्यांकरको ट्यांकी फुटेर आगलागी हुँदा कारमा सवार पाँच जनाको जलेर मृत्यु भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा एक बच्चा, एक महिला र तीन युवक छन् । उनीहरु उन्नाव निवासी रहेको बताइएको छ । दुर्घटनाप्रति उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारहरुलाई हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । from Online Khabar https://ift.tt/3mDlXDd

डा. कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’

Image
७ पुस, काठमाडौं । अर्थशास्त्री डा. कल्याणराज शर्मा चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’बाट सम्मानित भएका छन् । सो अवार्ड यसै वर्षदेखि वितरण सुरु गरिएको हो । सोमबार साँझ बेइजिङमा एक भव्य समारोहकाबीच विश्वभरबाट छनौटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । कोभिड—१९ का कारण डा. शर्मा उपस्थित हुन नसकेका कारण सो अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरिन् । डा. शर्माले लामो समयदेखि नेपाल—चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त अवार्ड प्राप्त गरेपछि डा. शर्माले थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत विस्तार गर्न थप योगदान दिने बताए । चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, साँस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालको साँस्कृतिक, पर्यटकीय र नेपाल—चीन सहकार्य झल्किने भिडियो पनि प्रदर्शन गरिएको थियो ।   from Online Khabar https://ift.tt/2WyulJK

‘हामी केही समय विभाजित हुन सक्छौं तर विभाजित मानसिकतामा रहिरहनुहुँदैन’

७ पुस, घोराही । पूर्वसभामुख कृष्णबहादुर महराले आफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका छन् । अहिले नेकपा विभाजनको स्थितिमा पुगे पनि पार्टी एक हुनुको विकल्प नभएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा सोमबार आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले आफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताए । ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आदर्श र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’ महराले भने, ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहिरहनुहुँदैन ।’ छलफल र बहसलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडि लैजानुपर्ने महराको भनाइ छ । अहिले देश दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै उनले बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा राखे । नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको संकेत गर्दै उनले भने, ‘अहिले भइर...

मध्यपुर थिमि नगरपालिका एशियन अवार्डबाट पुरस्कृत

Image
७ पुस, भक्तपुर । मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको हो । शहरी क्षेत्रको विकासमा सक्रिय युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो । प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिईंदै आएको सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र नगरपालिका भएको मेयर मदन सुन्दर श्रेष्ठ बताउँछन् । पुरस्कृत भएपछि मध्यपुर थिमी नगरपालिका मेयर श्रेष्ठले भने, ‘यो पुरुस्कारले मलाई थप जिम्मेवार बनाएको छ । यो पुरस्कार पाउनमा उपभोक्ता समिति, नगरपालिका परिवारका साथै सम्पूर्ण थिमीवासीको ठूलो हात रहेको छ ।’ एशियाका स्थानीय सरकारहरु, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञ लगायतको प्रतिस्पर्धा थियो । मध्यपुर नगरपालिकासँगै दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ तथा मलेसिया, न...

संसद विघटनबारे के भन्छन् स्थानीय तहका जनप्रतिनिधि ?

७ पुस, डोटी । आइतवार नेपालको राजनीतिमा एक नयाँ मोड आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन तोक्न राष्ट्रपतिलाई सिफारिस गरे । प्रधानमन्त्रीको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख १७ गते पहिलो र २७ गते दोश्रो गरी दुई चरणमा निर्वाचन हुने मिति तोकिन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि बिभिन्न खालका प्रतिक्रिया आउन थालेका छन् । सुदूरपश्चिम प्रदेशभित्र रहेका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि संघीय संसद विघटनको विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् । बैतडी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द नेपाली जनताले स्थिर सरकारका लागि दिएको जनमतको अपमान भएको प्रतिक्रिया दिए । ‘दुई तिहाइ नजिक बहुमत पाएर पनि यिनीहरुले सरकार चलाउन सकेनन्, यो असंवैधानिक कदम हो,’ नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका चन्द भन्छन्, ‘व्यक्तिगत स्वार्थका कारण यो अवस्था आएको हो ।’ उनी नेताहरुले राष्ट्रिय स्वार्थलाई ध्यान दिन नसकेको बताउँछन् । डोटी, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा एकदमै गलत र नकारात्मक क्रिया भएको टि...

अन्तिम चरणका गौरवका आयोजनामा संसद विघटनको मार

Image
७ पुस, काठमाडौं । संसद विघटनसहितको पछिल्लो राजनीतिक घटनाक्रमका कारण आइतबार ७ जना मन्त्रीले सामूहिक राजीनामा दिए । योसँगै विकासे मन्त्रालयहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयहरु नेतृत्वविहीन भएका छन् । यी त्यस्ता महत्वपूर्ण मन्त्रालयहरु हुन्, जो निर्माणको अन्तिम चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनासँग प्रत्यक्ष जोडिन्छन् । अन्य चार मन्त्रीसँगै ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउने विषय अन्योलमा परेको छ । मन्त्रीहरु हटेपछि ‘गेम चेन्जर’ भनिएका आयोजनाहरु झन् पछि धकेलिने अवस्था बनेको छ । कोरोना महामारीको कारण देखाएर तोकिएको सयममा पूरा हुन नसकेका यी आयोजनाका अधिकारीहरुलाई अब म्याद थप्न धेरै पापड बेल्नुनपर्ने अवस्था आएको सम्बन्धित मन्त्रालयकै अधिकारीहरु बताउँछन् । चिनियाँ ठेकेदारहरु कार्यरत यी तीनवटै आयोजना गत फागुनदेखि नै कोरोनाबाट प्रभाव...